
एजेन्सी । रुसको कामचात्का क्षेत्रको स्वास्थ्य मन्त्रालयले बुधवार विशाल भूकम्प आउँदा चिकित्सकहरूले सर्जरी गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।
शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प आउँदा चिकित्सकहरूले कामचात्का क्यान्सर सेन्टरमा शल्यक्रिया गरिरहेका थिए ।
शल्यक्रिया कक्ष बेस्सरी हल्लिरहँदा चिकित्सकहरूले बिरामी, सर्जिकल उपकरण र मोनिटरहरूलाई समातिरहेको भिडियोमा देखिन्छ ।
खतराको अवस्थामा पनि चिकित्सकहरू शान्त रहेर अन्तिमसम्म बिरामीसँग बसेको कामचात्काका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले बताए । ती बिरामीको अवस्था राम्रो रहेको जानकारी पनि उनले दिए ।








प्रतिक्रिया