जापानमा सुनामीको लहर, २० लाख मानिसलाई सुरक्षित स्थानमा जान सरकारको आग्रह

1.5k
Shares

एजेन्सी । जापानमा सुनामीको चेतावनी जारी भएपछि सरकारले २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

सुनामीका लहर तटीय क्षेत्रहरूमा ठोकिन आइपुगेपछि जापानभरि यातायात प्रभावित भएको छ । तर, पहिला पूर्वानुमान गरिए जति विशाल लहरहरू आएका छैनन् ।

जापानको फायर एन्ड डिजास्टर क्यानेजमेन्ट एजेन्सीले २१ वटा क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ जान भनेको छ । बढी जसो मानिस होक्काइदो, कानागावा र वाकायामा प्रिफेक्चरका छन् ।

सुनामीको सुरुवाती लहरले उत्तरमा रहेको होक्काइदोलाई हिर्काएको थियो । त्यहाँका सुनामीको साइरन बिहानभरि बजिरहेको थियो ।

पूर्वी तटमा ३० देखि ५० सेन्टीमिटरसम्मका सुनामी लहरहरू आएका छन् । ती लहरहरू राजधानी टोक्योको महानगर क्षेत्रतिर पनि आउन थालेका छन् । थप लहर आउन सक्ने सम्भावना छ ।

सुनामीका कारण यातायात अवरुद्ध भएको छ । सेन्दाई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । होक्काइदो, आओमोरी र टोक्यो बेमा फेरी डुंगाहरू बन्द गरिएको छ ।

रुसको कामाचात्का क्षेत्रमा आएको ८.७ म्याग्निच्युडको भूकम्पका कारण सुनामी आएको हो ।