थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम गर्न सहमत

105
Shares

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाका प्रधानमन्त्रीहरू तत्काल र निःशर्त युद्धविरामका लागि सहमत भएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमवार यसको जानकारी दिएका हुन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम बेचायाचाईबीच मलेसियामा वार्ता भएको थियो ।

दुवैजनाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ सरकारलाई युद्धविरामको वातावरण बनाएकोमा धन्यवाद दिए ।

ट्रम्पले दुवै देशलाई व्यापार सम्झौताका लागि पहिले युद्धविराम गर्नुपर्ने शर्त राखेका थिए । त्यसले गर्दा दुवै देशलाई दबाब परेको थियो । सुरुमा यो द्विपक्षीय सम्झौतामार्फत मात्र हल हुने भनी अडान लिइरहेका थाइल्यान्ड र कम्बोडियाले अमेरिकी दबाब थेग्न सकेनन् ।

ट्रम्पकै धम्कीका कारण थाइल्यान्ड पनि वार्ता गर्न सहमत भएको थियो । त्यसपछि मलेसियाका प्रधानमन्त्री इब्राहिमले मध्यस्थताको प्रस्ताव गरेका थिए ।

चीनले थाइल्यान्ड र कम्बोडिया दुवैसँग रणनीतिक सम्बन्ध कायम गरेको छ । शान्तिवार्तामा चीनका प्रतिनिधि पनि उपस्थित थिए ।