‘रिडारा आरडी सिक्स’ नेपाली बजारमा उपलब्ध, अब मात्र ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा प्राप्त गर्न सकिने

70
Shares

काठमाडौं । सीजी मोटर्सले गीली अटो ग्रुपको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्स नेपाली बजारमा ल्याएको छ । ग्राहकले मात्र ९.९९ लाखको न्यूनतम डाउनपेमेन्टमा नेपालकै सबैभन्दा अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्छन्् ।

यो अफरले नेपाली उपभोक्ताका लागि बिद्युतीय सवारी प्रयोगलाई अझै सुलभ, भरपर्दो र लाभदायक बनाउने सीजी मोटर्सले जनाएको छ ।

प्रविधिमैत्री र शक्तिशालीतर्फ यो पिकअपमा ६३ केडब्लुएच क्षमताको व्याट्री र २ सय किलोवाट पावर र ३८५ एनएम टर्क दिने एकल इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले गर्दा ३७७ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ । गीलीको अत्याधुनिक एमएपी प्लेटफर्ममा निर्मित यो पिकअपमा अगाडि म्याकफेर्सन र पछाडि मल्टि लिंक सस्पेन्सन जडान गरिएको छ । यसले गर्दा नेपालको विभिन्न सडक खण्डमा सहजर र सन्तुलित यात्रा गर्न सक्छ ।

यो पिकअपमा १२०० लिटर क्षमताको कार्गाे बेड, ७० लिटरको अगाडिको ट्रक, भेहिकल टु लोड प्रविधि जडान गरिएको छ । यसले गर्दा बाह् उपकरण चार्ज गर्न सकिन्छ । कम्पर्ट, इकोनोमी र स्पोर्ट गरी तीन प्रकारको ड्राइभ मोडको सुविधा यसमा जडान गरिएको छ । साथै ३६० डिग्री क्यामेरा, एडीबी म्याट्रिक्स लेड हेडलाइट, ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टिलले यसको बडी तयार भएको छ ।

यो पिकअप लिंदा आकर्षक क्यासब्याक अफर, निःशुल्क एशोसरिज, सवारी एक्सचेन्ज गर्दा ३ लाखसम्मको बोनसको सुविधा प्रदान गरिएको छ ।

सिजी मोटर्सले देशभर २६० वटा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई चार्ज गर्ने सुविधा उपलब्ध भएको छ । गीली चीनको शीर्ष १० अटोमोबाइल निर्माता कम्पनीमध्ये एक प्रसिद्ध कम्पनी भएको सिजी मोटर्सले जनाएको छ ।

Skip This