भारतमा एमजीले ईभी स्पोर्ट्स कार लन्च गर्दै

56
Shares

एजेन्सी । बेलायती गाडी कम्पनी एमजीले शुक्रवार साइबरस्टर ईभी स्पोर्ट्स कार शुक्रवार सार्वजनिक गर्ने भएको छ ।

एमजी साइबरस्टरमा ७७ किलोवाट आवर ब्याट्री प्याक छ । यसले प्रत्येक एक्सलमा रहेका दुईवटा इलेक्ट्रिक मोटरलाई पावर दिन्छ । यसले ५१० एचपीको पीक पावर र ७२५ एनएम टोर्क आउटपुट दिन्छ ।

यो ईभी स्पोर्ट्स कारको टप स्पीड २०० किलोमिटर प्रतिघन्टा छ र यो शून्यबाट १०० किलोमिटर प्रतिघन्टा जम्मा ३.२ सेकेन्डमा पुग्न सक्छ ।

एमजी साइबरस्टरको ७७ किलोवाट आवर ब्याट्री प्याकले सिंगल चार्जमा ५८० किलोमिटरको रेन्ज दिन्छ । तर, गाडी चलाउने तरिका, सडकमा ट्राफिकको अवस्था, गाडीमा भएको लोड र अन्य कुराले रेन्जमा फरक पार्न सक्छन् ।

यस गाडीमा फ्ल्याट बटम स्टियरिङ ह्वीलमा चालक केन्द्रित मिनिमलिस्टिक ड्याशबोर्ड छ । त्यसमा अनेकौं कन्ट्रोल सुविधा र तीनवटा डिजिटल डिस्प्लेहरू रहेका छन् ।

कारको सेन्ट्रल कन्सोलमा थप स्क्रीन रहेको छ । रूफ खोल्ने, ड्राइभ सेलेक्ट गर्ने र एचभीएसी कन्ट्रोलका लागि बटनहरू राखिएका छन् । त्यसबाहेक सुरक्षित ड्राइभका लागि यसमा लेभल २ एडीएएस सुइट पनि रहेको छ ।

साइबरस्टरमा लाम्बोर्गिनीको जस्तो कैंची ढोकाहरू, सफ्टटप कन्भर्टिबल रूफ रहेका छन् । त्यसले यस कारलाई स्पोर्टी फील दिन्छ ।

यसमा फ्रन्ट डबल विशबोन सस्पेन्सन र रियर फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन पनि रहेका छन् ।

गाडीको तौल अगाडि र पछाडि बराबर रूपमा रहेको छ । त्यसले गर्दा यो सधैं सन्तुलनमा रहन्छ ।

यसको मूल्य ८० लाख भारु हुने अपेक्षा गरिएको छ ।