
एजेन्सी । भारतीय बजारमा एसयूभी गाडीको माग केही वर्षयता ह्वात्तै बढेको छ ।
प्रमुख कम्पनीहरूले नयाँ र अद्यावधिक गरिएका एसयूभीहरू बजारमा ल्याएर आफ्नो उपस्थिति दरिलो बनाउन खोजेका छन् । यहाँ पाँचवटा एसयूभी गाडीहरूको चर्चा गरिँदैछ ।
न्यु जेन रेनो डस्टर
रेनोले विश्व बजारमा नयाँ गाडीहरू ल्याउन खोजेको छ । हालै कम्पनीले रेनो बोरियल गाडीको अनावरण गरेको छ । उसले भारतमा न्यु जेन डस्टर ल्याउन खोजेको छ । अद्यावधिक गरिएको डस्टरलाई सीएमएफ–बीप्लस प्ल्याटफर्ममा आधारित गरिएको छ । यसमा हाइब्रिड पावरट्रेनको विकल्प राखिने सम्भावना छ ।
निसान एसयूभी र एमपीभी
निसानले हालै मझौला आकारका एसयूभी र एउटा एमपीभी भारतीइ बजारमा ल्याउने संकेत दिएको छ । यो जापानी कम्पनीले पहिला एमपीभी अनि त्यसपछि एसयूभी ल्याउने भएको हो । निसान एमपीभीले रेनो ट्राइबरसँग आफ्नो प्ल्याटफर्म सेयर गर्नेछ भने एसयूभी चाहिँ निसान टेरानोको उत्तराधिकारी हुने सम्भावना छ । निसानले नयाँ गाडीहरू सन् २०२६ को आरम्भतिर ल्याउने अपेक्षा छ ।
टाटा सिएरा
टाटा सिएराले सन् २०२५ को अन्त्यतिर नयाँ लूकका साथ एसयूभी ल्याउने अपेक्षा गरिएको छ । यसमा हाई माउन्टेड बोनेट, भर्टिकल्ली स्प्लिट हेडल्याम्प, ग्लस ब्ल्याक ग्रिल, वाइड एयर ड्याम र फ्लश डोर ह्यान्डल हुनेछ । यस कारमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २.३ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, पानोरामिक सनरूफ, वायरलेस फोन चार्जर लगायतका सुविधा छन् ।
न्यु जेन महिन्द्रा बोलेरो
महिन्द्राले अगस्ट १५ मा न्यु जेन बोलेरो गाडी बजारमा ल्याउने अपेक्षा छ । यसमा फ्लश टाइप डोर ह्यान्डल, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र अन्य फिचरहरू छन् ।
न्यु जेन किया सेल्टोस
कियाले भारतीय बजारमा आफ्ना नयाँ गाडीहरू ल्याउन खोजेको छ । हालै उसले कारेन्स क्लाभिस आईसीई र ईभी भारतीय बजारमा ल्याएको छ । अब उसले सन् २०२६ को आरम्भमा न्यु जेन किया सेल्टोस ल्याउन खोजेको छ । सेल्टोसमा हाइब्रिड पावरट्रेन हुने बताइएको छ । त्यसले मारुती सुजुकी ग्रान्ड भितारा र टोयोटा ह्राइडरलाई चुनौती दिने अपेक्षा छ ।








प्रतिक्रिया