
एजेन्सी । बंगलादेशको वायुसेनाको प्रशिक्षण विमान सोमवार विद्यालय भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा एकजनाको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।
स्थानीय समयअनुसार, अपराह्न १ बजेतिर राजधानी ढाकास्थित विद्यालय भवनमा विमान ठोकिएपछि आगो लागेको थियो । आठवटा दमकल आगो निभाउन पुगेका थिए । टाढैसम्म धूवाँको मुश्लो उठेको देखिन्थ्यो ।
माइलस्टोन स्कूल र कलेज भवनमा बालबालिका भएकै बेलामा विमान ठोकिएको थियो । कलेजको १० तल्ले भवनमा विमान ठोकिएको हो ।
एफ–७ बीजीआई विमान दुर्घटनामा परेको बंगलादेश सेनाले जनाएको छ ।
घटनामा १०० जनाभन्दा बढी घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको बताइएको छ ।
मृतकको पहिचान खुलाइएको छैन ।
के कारणले दुर्घटना भएको हो भनी थाहा हुन सकेको छैन ।








प्रतिक्रिया