
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दायर भएको छ । पाठक विरुद्ध साइबर अपराध गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले मुद्दा दायर गरेको हो ।
साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकमाथि लागेकाे छ ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
प्रतिक्रिया