एमालेको सक्रिय राजनीतिमा फर्केको पूर्व राष्ट्रपति भण्डारीको घोषणा


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी छन् ।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी हुन् ।

उनले आफूले देश र जनताको सेवाका लागि आफूले गर्न धेरै नै बाँकी रहेको बताइन् । उनले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको बताइन् । उनले यसको घोषणा गर्दा कार्यकर्ताहरूले हुटिङ गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको बताएकी छन्।

उनले पार्टी सदस्यता नवीकरण गरेर आफू एमालेको सदस्यको रुपमा जोडिएको बताएकी हुन्।

उनले भनिन्,’फरक भूमिकाबाट बाहिर आएपछि मैले पार्टी सदस्यता नवीकरण गरेकी छु। र म एमालेको एक सदस्यको रुपमा जोडिएको छु।’

भण्डारीले एमालेमा सक्रिय भएर लाग्नुबाहेक आफूमा कुनै विशिष्टकृत चाहना नभएको पनि बताइन् ।