भिजिट भिसामा बदमासी भएको छ, निष्पक्ष छानबिन होस् : कांग्रेस सांसद खतिवडा


काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे ।

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे ।

Skip This