
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।
तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णय गरेको हो ।
यस्तै, बैठकले सांसद मनिष झालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । झा यसअघि रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा थिए ।








प्रतिक्रिया