बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नरलाई ६ प्रकारका सुझाव दिने, कार्यादेशमा पुँजीबजार पनि

896
Shares

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले गठन गरेको ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ कार्यादेश टुंगिएको छ । गभर्नर पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न राष्ट्र बैंककै पूर्वकर्मचारी तथा धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

कायदलको सदस्यमा पूर्वबैंकर भुवनकुमार दहाल र सदस्यसचिव नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल छन् । एक महिनाको समयअवधि तोकिएको कार्यदलको ६ वटा विषयमा केन्द्रित भएर सुझाव पेश गर्ने कार्यादेश पाएको छ ।

कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गरी सुझाव दिनेछ । त्यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाको सन्दर्भमा पनि सुझाव दिनेछ ।

ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा कार्यदलले आफ्‌नो प्रतिवेदनमा सुझाव दिनेछ । बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानका लागि अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ । त्यस्तै नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सन्दर्भमा समितिले सुझाव दिनेछ ।

Skip This