
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ।
ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसमा बिहीबार राति आदेश आएको हो।
आदेशमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ३२ जना जमानतमा रिहा भएका छन्।
दुर्गा प्रसाईसहित तारा राजावादी, अनुप राजावादी, सुशील बराल, दण्डपाणि रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ।
अन्य ३२ जनालाई भने जमानतमा रिहा गरिएको छ।
प्रसाईँलाई पुर्पक्षका लागि थुनामा राखिए पनि क्यान्सर पीडित भएकाले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिने पनि अदालतले जानकारी दिएको छ।
जमानतमा रिहा हुनेहरुमा १ लाख धरौटीतर्फ सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाल, बिष्णुजंग बस्नेत भनिने बिष्णु बस्नेत र भिम भनिने हेमराज थारु, ५० हजार धरौटीतर्फ दिनेश खड्का, अमित शाह, जितबहादुर श्रेष्ठ, प्रेधबहादुर श्रेष्ठ र शुसिल बराल, २० हजार धरौटीतर्फ गोपाल मल्ल ठकुरी, मनबहादुर काला, पुष्कर खतिवडा, रमेश राई, कमलकुमार विष्ट र लोकबहादुर बस्नेत छन् ।
यस्तै १० हजार धरौटी राखेर रिहा हुनेहरुमा पशुपति खड्का, बिष्णु पराजुली, मुनेन्द्र राजभण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भनिने तारानाथ बोहरा, दानबहादुर न्योपाने, उमेश तामांग, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकााश लुईटेल, तेजेन्द्र रायमाझी, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटा रहेका छन् ।










प्रतिक्रिया