
काठमाडौं । भिजिट भिसा प्रकरणमा सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाएर सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको हो ।
रास्वपाले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी विषयमा छलफलको लागि प्रस्ताव अघि सारेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने उल्लेख उल्लेख गरेको छ ।

प्रतिक्रिया