नाडेप लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

35
Shares

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको जनाएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका आर्थिक वर्ष २०८०/८१ सम्मको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस बमोजिम तयार गरिएको बार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।


सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीक्षक बिदुर एसोसियट्स पुनः नियूक्तीको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

यस वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्विजिसन सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, यस संस्थाको केन्द्रीय कार्यालय धादिङ्ग जिल्लाको धुनिबेशी वार्ड नं ६ थार्के बजारमा स्थानान्तरण उपर छलफल गरी सभाले पारित गरेको छ ।

सभाले उल्लेखित प्रस्ताव उपर नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

Skip This