
काठमाडौं । इन्ड्राइभले काठमाडौंमा आफ्नो प्रभावकारी ‘राइड्स फर गोल्स’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यसको उद्देश्य सार्वजनिक विद्यालयको खेल मैदानलाई रुपान्तरण गर्नु र युवा विद्यार्थीहरुको खेलकुद सहभागिता प्रवर्दन गर्नु हो ।
अंग्रेजी मे महिनाभरि आयोजना भएको यस अभियानले प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत चयन गरिएका सार्वजनिक प्राथमिक विद्यालयहरुमा खेल मैदानहरु मर्मत गर्न र आवश्यक खेलकुदका किटहरु प्रदान गर्न योगदान पुर्याएको छ ।
यी संकलनहरु प्रत्यक्षरुपमा निम्न कार्यहरुमा प्रयोग गरिएका थिएः
खेल मैदानको पूर्वाधारको मर्मत संभार र सुधार गर्न, सुरक्षित र आकर्षक मनोरञ्जनात्मक स्थानहरु सिर्जना गर्न ।
सानै उमेरदेखि शारीरिक गतिविधि र खेल संलग्नतालाई प्रोत्साहन गर्नका लागि बास्केटबल, फुटसल बल र ब्याडमिन्टन ¥याकेटहरु सहित स्पोर्ट्स किटहरु वितरण गर्न ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, “मोबिलिटीले समुदायलाई सशक्त बनाउने विश्वास हामीमा छ। राइड्स फर गोल्स अभियानमार्फत विद्यालयका बालबालिकाको स्वास्थ्य र समग्र विकासमा प्रत्यक्ष सहयोग पुग्ने वातावरण बन्यो। बालबालिकाले टिम वर्क, आत्मविश्वास र खेलकुदमार्फत जीवनदक्षता सिकून भन्ने हाम्रो चाहना हो।”
यस्तै, इनड्राइभ एशिया–प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “दैनिक सवारीजस्ता सामान्य क्रियाकलापले पनि सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने कुराको यो अभियान उत्कृष्ट उदाहरण हो। हामी स्थानीय समुदायमा दीर्घकालीन प्रभाव पार्ने योजनाका लागि प्रतिबद्ध छौं। राइड्स फर गोल्स अभियान बालबालिकालाई खेलमार्फत उत्साह र अवसर प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।”
इनड्राइभको यो सामाजिक उत्तरदायित्व अभियान न्यून सेवा प्राप्त समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन उद्देश्यसहित अगाडि बढाइएको हो। विशेष गरी विकासमा पछि परेका क्षेत्रका बालबालिकाका लागि सुरक्षित खेलकुद वातावरण निर्माणमा इनड्राइभको ‘राइड्स फर गोल्स’ अभियानले उल्लेखनीय योगदान पुर्याएको छ।








प्रतिक्रिया