
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा दायर गरेको पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल दोषी प्रमाणित भए १३ वर्षसम्म कैद सजाय हुनसक्ने छ ।
हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसमेत ९३ जनामाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८ करोड ५८ लाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय माग गरेको छ ।
अख्तियारको माग दाबी अनुसार अध्यक्ष नेपाललाई ८ देखि १० वर्ष कैद सजाय हुन सक्छ । सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन माग दाबी लिइएको छ। उक्त दफा अनुसार सार्वजनिक पद धारणा गरेर व्यक्तिलाई थप सजय हुने व्यवस्था छ । अख्तियारको माग अनुसार नै विशेष अदालतको फैसला आएको खण्डमा माधव नेपालले थप तीन वर्षसहित गरि १३ वर्षसम्म कैद भुक्तान गर्नु पर्ने हुन सक्छ ।
कसलाई कति जेल सजाय माग ?
प्रतिवादीहरु | सजाय | |
१ | संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल | विगो रु. १८,५८,५०,००० । १३ वर्ष कैद सजाय माग |
२ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु राम कृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाई, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा, खरिदारहरु बद्रिप्रसाद हुमागाईँ, पुष्प कुमार पौडेल र रोसकाजी जस्पाउ | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
३ | गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँटवाला माधव प्रसाद होमागाई र कार्यालय सहायक राजकुमार सिग्देल | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
४ | पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
५ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बाहरु विनोद कोइराला, राम कृष्ण खत्री, हरि शरण श्रेष्ठ, राम काजी श्रेष्ठ र खरिदार बद्री प्रसाद हुमागाई | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
६ | गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
७ | तत्कालीन सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीब सापकोटा, अधिकृत ममता पराजुली | ३ देखि १ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
८ | पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह | ३ देखि १० वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
९ | तत्कालीन कानून तथा न्याय मन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेम बहादुर सिंह | विगो रु. १८,५८,५०,००० । १३ वर्ष कैद सजाय माग |
१० | तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ | विगो रु. १८,५८,५०,००० । १३ वर्ष कैद सजाय माग |
११ | तत्कालीन मन्त्रिपरिषद्को सचिव(नेपाल सरकारको मुख्यसचिव) स्व. माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे | विगो रु. १८,५८,५०,००० । १३ वर्ष कैद माग । |
१२ | भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद र थप तीन वर्ष |
१३ | भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानून) कलानिधी पौडेल, उपसचिवहरु गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि के.सी. | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
१४ | भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशर बहादुर बानिँया | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद र थप तीन वर्ष |
१५ | भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायव सुब्बा वुद्धि बहादुर कार्की | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
१६ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
१७ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
१८ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमेगाईँ | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
१९ | गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु कार्यालय प्रमुख कृष्णहरी भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधव प्रसाद होमागाईँ | विगो रु. १३,१२,६०,००० । ८ देखि १० वर्ष कैद |
२० | तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप-प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
२१ | पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह | विगो रु. १८,५८,५०,००० । ८ देखि १० वर्ष कैद |
२२ | भोज राज शर्मा वाग्ले | विगो ६,७०,००,००० । ८ देखि १० वर्ष कैद |
२३ | जीवन राज कडेल | विगो रु. ६५,००,००० । ६ देखि ८ वर्ष कैद |
२३ | ध्रुव राज थापा | विगो रु.५,९४,५०,००० । ८ देखि १० वर्ष कैद |
२५ | मनु घिमिरे | विगो रु. २,६०,००,००० । ८ देखि १० वर्ष कैद |
२६ | ओम प्रकाश वंशल | विगो रु. ८७,००,००० । ६ देखि ८ वर्ष कैद |
२७ | भिमदत्त जोशी | रु. ९०,००,००० । ६ देखि ८ वर्ष कैद |
२८ | विरेन्द्रलाल श्रेष्ठ | विगो रु. ७८,००,००० । ६ देखि ८ वर्ष कैद |
२८ | लक्ष्मण कार्की | विगो रु. १४,००,००० । २ वर्ष ६ महिनादेखि ४ वर्षसम्म |
३० | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बा राम कृष्ण खत्री, खरिदार बद्रिप्रसाद हुमागाईँ | ३ देखि १० वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना |
३१ | मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत उमेश राज दाहाल र नायब सुब्बाहरु तुलामणि राजभण्डारी, जिव रमण उप्रेती र मोहन प्रसाद पराजुली | विगो रु.५१,००,००० । ६ देखि ८ वर्ष कैद |
३२ | चौतारामा प्रा.लि. तथा उक्त कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य, शेखर कुमार राणा | विगो रु.५१,००,००० । ६ देखि ८ वर्ष कैद |
३३ | स्व.राधेश्याम सराफ र निजको छोरा अरुण कुमार सराफ | विगो रु.५१,००,००० । ६ देखि ८ वर्ष कैद |
३४ | पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह | विगो रु.५१,००,००० ६ देखि ८ वर्ष कैद |
प्रतिक्रिया