
काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सीप मेला २०८२’ मा अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत इग्नाइट लर्निङ ल्याबले सक्रिय सहभागिता जनाइरहेको छ ।
सीपयुक्त र रोजगारयोग्य युवा जनशक्ति तयार गर्ने लक्ष्यसहित आयोजना भइरहेको कार्यक्रममा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटिअन्तर्गत विभिन्न विधामा तालिम उपलब्ध गराइरहेको हो ।
‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने मुख्य सन्देशको साथ इग्नाइटले ‘लक्जरि हस्पिटालिटि कोर्स’, ‘फुड एन्ड बेभरेज ट्रेनिङ’ तथा ‘बार ट्रेनिङ’ उपलब्ध गराइरहेको छ । इग्नाइट लर्निङ ल्याबले, यी कोर्सहरूमार्फत विभिन्न क्षेत्रमा उत्सुक हुने, सीप सिकी काम गर्न चाहनेहरूको ‘प्यासन’लाई ‘प्रोफेसन’मा बदल्न सहयोग गर्ने उद्देश्य लिएको छ ।
हस्पिटालिटि क्षेत्रमा इच्छुक हुनेहरूले ‘फुड एन्ड बेभेरेज’, ‘बार एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्पेरियन्सेज’, ‘मेनु एन्ड टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरन्ट अपरेसन’, ‘मिक्सोलोजि एन्ड ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेट-अप एन्ड इन्भेन्टरि कन्ट्रोल’, ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ आदि विधामा कोर्सहरूमा तालिम लिन सक्नेछन् । इग्गाइट लर्निङ ल्याबमार्फत यी कोर्स पूरा गर्ने प्रशिक्षार्थीहरू, हस्पिटालिटि क्षेत्रमा रोजगारका लागि छोटो समयमा नै तयार हुन सक्नेछन् ।
इग्नाइट लर्निङ ल्याबले कोर्समा भएका पाठहरूको प्रत्यक्ष डेमोको साथमा, हस्पिटालिटि उद्योगमा दक्ष र अनुभवी प्रशिक्षकहरूबाट करियरको लागि नि:शुल्क मार्गदर्शन वा मेन्टरिङ प्रदान गर्दै प्रशिक्षार्थीहरूको लक्ष्य हासिल गर्न सहयोग पनि गरिरहेको छ । यसका साथै तालिम पूरा गर्ने प्रशिक्षार्थीहरूलाई व्यावसायिक क्षेत्रमा परिचित गराउन इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टि पनि गरेको छ ।
हालसम्म १६०० भन्दा बढी सक्रिय प्रशिक्षार्थीहरू भएको सीप मेला, जेठ ७ देखि सुरू भएको थियो भने ३० दिनसम्म वा अझै असार ७ गतेसम्म चल्नेछ ।
इग्नाइट लर्निङ ल्याब, विश्वस्तरीय सुविधा, दक्ष प्रशिक्षकसहित हरेक प्रशिक्षार्थीलाई व्यक्तिगत सीप विकासमार्फत भविष्यको लागि तयार बनाउन प्रतिबद्ध संस्था हो ।
इग्नाइट लर्निङ ल्याबले प्राविधिक तथा हस्पिटालिटि क्षेत्रको बढ्दो जनशक्तिको मागलाई पूरा गर्न विभिन्न कोर्सहरूमा प्रशिक्षण दिइरहेको छ । इग्नाइट लर्निङ ल्याब, आफ्नो सीप विकास गर्न तथा भविष्यको लागि पाइला चाल्न इच्छुक युवाहरूलाई सीप मेलामा सहभागी हुन तथा इग्नाइट लर्निङ ल्याबलाई सम्पर्क गर्नुहुन आमन्त्रण गर्दछ ।








प्रतिक्रिया