स्थगित भयो संसद बैठक, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने प्रतिपक्षको अडान

238
Shares

काठमाडौं । संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राखेपछि प्रतिनिधिसभा बैठक बुधबार १ बजेसम्मको लागि स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजेको लागि बोलाएको बैठक २ बजेसम्मको लागि स्थगित भएको थियो । तर, संसद चल्न दिन विपक्षी दलहरु सहमत नभएपछि बुधबारसम्मको लागि स्थागिच भएको हो ।

श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको भिजिट भिसा प्रकरणमा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । भिजिट भिसा प्रकरणलाई सधैका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बताए ।

छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको प्रतिवेदन नआएसम्म राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने निष्कर्ष प्रतिपक्षी दलको बैठकले निकालेको छ ।

तीन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरु सभामुखका कार्यकक्षमा भएको बैठका सहमागि भएका थिए । उनिहरुले छाविन समिति गठन र गृहमन्त्रीको राजिनामा नआएसम्म संसद चल्न नदिने बताएपछि मंगलबारको लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।