प्रधानमन्त्री ओलीले भने : एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन

322
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी निर्बाचनमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले एमाले पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका हुन् । उनले एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन २०८४ भएको जिकिर गरे ।

ओलीले एमालेलाई धुलो बनाउने उद्देश्य असफल भएको दाबी गरे ।

नेकपा कालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गर्दै उनले देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनादिन्छौं भन्ने पार्टीको अस्तित्व संकटमा परेको बताए ।