अग्नि सिमेन्टको व्यापार २५ प्रतिशतले घट्यो, कतिको गर्‍यो?

126
Shares

काठमाडौं । विकास निर्माणले गति लिन नसक्दा अग्नि सिमेन्ट उद्योगको व्यापार २५.३२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको हो ।

सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ मा विकास निर्माण कायले गति नलिँदा र बजार माग नहुँदा व्यापारमा कमी आएको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ ।

कम्पनीले व्यापार घट्नुमा अर्को कारण मूल्य रहेको जनाएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा बिक्री गरेको थियो । तर, सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको उल्लेख छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा भने व्यापारमा केही सुधार आएको कम्पनीको भनाइ छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ कोसोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

सन् २००७ मा स्थापान भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको सिमेन्ट अग्नि, ओरियन्ट र त्रिदेवी ब्रान्डमा पीपीसी र अल्फा ब्रान्डमा ओपीसी सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीको ३१ वटा जिल्लामा व्यापार फैलिएको जनाएको छ ।

कृष्णप्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९१ करोड ६८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३९ करोड रुपैयाँको रेटिङ गराएको छ ।