
काठमाडौं । सरकारले महिलाले प्रयोग गर्ने दशमुलारिष्ट, अशोकारिष्ट र कल्पसुन्दरीमा भ्याट लगाउने भएको छ । यी आयुर्वेदिक औषधिहरु भ्याट छुट पाउने वस्तुको सूचीबाट हटेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबारदेखि लागु हुने गरी यी ३ वस्तुलाई भ्याट छुट नदिने व्यवस्था कार्यान्वयनमा ल्याएका हुन् । भ्याट छुट पाउने वस्तुको सूचीमा हटाइएको जानकारी आर्थिक विधेयकमा छ ।
दशमूलारिष्ट महिलाको कजोरी हटाउन, शरीरलाई मजबुद राख्न, पाचन प्रक्रियामा सुधारका लागि प्रयोग हुने आयुर्वेदिक औषधी हो । त्यस्तै अशोकारिष्ट गर्भाशयमा हुने ऐठन, पट दुखाइ, पिसाब सम्बन्धी समस्या, अनियमित मासिक धर्मचक्रमा यसको प्रयोग हुन्छ । रक्त कोशिकाको कमी, तल्लो पेट दुखाइ लगायतमा कल्पसुन्दरी आयुवेदीक औषधिको प्रयोग हुने गरेको छ ।







प्रतिक्रिया