चुरोटदेखि भेपमा अन्तःशुल्कदेखि भन्सार शुल्कसम्म, कसमा कति ?

1.7k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सुर्तिजन्य तथा चुरोटजन्य पदार्थमा अन्तः शुल्कदेखि भन्सार महसुल शुल्कसम्म लगाएको छ । यसवाहेक स्वास्थ्य जोखिम शुल्क पनि लगाएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि अन्तः शुल्कतर्फ सिगारतर्फ प्रति खिल्लीमा चालु आर्थिक वर्षकै ३१ रुपैयाँलाई निरन्तरता दिएको छ । तर भन्सार महसुल शुल्कतर्फ भने प्रति हजार खिल्लीमा ११ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षमा सिगारतर्फ ९ हजार, फिल्टर नभएको चुरोटमा प्रति हजार खिल्ली ४ सय ५ सय, फिल्टर भएको ७० मिलिमिटरको प्रति खिल्ली ४ हजार ५ सय र ७० मिलिमिटरदेखि ७५ मिलिमिटरसम्मको प्रति खिल्ली ४ हजार ५ सय, ७० देखि ७५ मिलिमिटर प्रति हजार खिल्लीमा ५ हजार ५ सय, ७५ देखि ८५ मिलिमिटरसम्मको प्रति हजार खिल्लीमा ५ हजार ५ सय, ८५ मिलिमिटरभन्दा माथिको चुरोटमा प्रति हजार ५ सय ५ सय रुपैयाँ लाग्ने भन्सार महसुल शुल्क लाग्ने व्यवस्था छ ।

सरकारले अन्तः शुल्कतर्फ आगामी आर्थिक वर्षदेखि फिल्टर नभएको चुरोटमा प्रतिमिटर ७५५ बाट बृद्धि गरी ७७८ रुपैयाँ लगाएको छ । यस्तै फिल्टर भएको चुरोटतर्फ प्रतिमिटर ७० मिलिमिटर १७४० बाट १७९२ रुपैयाँ, ७० देखि ७५ मिलिमिटरतर्फ २ हजार ३ सय ७० बाट बृद्धि गरी २४४१, ७५ देखि ८५ मिलिमिटरतर्फ ३ हजार ६० बाट ३ हजार २१३, ८५ मिलिमिटरभन्दा लामोतर्फ ४ हजार २ सय बाट ४ हजार ४ सय १० रुपैयाँ अन्तः शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

भन्सार महसुलतर्फ चालु आर्थिक वर्षमा सिगारतर्फ ९ हजार, फिल्टर नभएको चुरोटमा प्रति हजार खिल्ली ४ हजार ५ सय, फिल्टर भएकोतर्फ ७० मिलिमिटरदेखि ८५ मिलिमिटरसम्मको प्रति खिल्ली ४ हजार ५ सय रुपैयाँ र ८५ मिलिमिटरमाथिको प्रतिखिल्ली ४ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था छ ।

खैनी, जर्दा तथा गुटखामा अन्तः शुल्क यथावत राखिएको छ ।