आयातित ब्राण्डेड रक्सी अत्यधिक महँगिने, १०० प्रतिशतसम्म भन्सार महसुल

5.9k
Shares

काठमाडौं । सरकारले स्वदेशी मदिरा उद्योगको संरक्षण गर्दै भारतसहित तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका मदिरामा ८० प्रतिशत भन्सार महसुल लगाएको छ ।

सरकारको यो नीतिका कारण आयातित ब्राण्डेड र महँगा मदिरा अत्याधिक महँगो मात्रै होइन, चोरी निकासीसमेत हुने जोखिम बढाएको छ । बाहिरी मुलुकबाट आयात हुने यस्ता मदिरामा सरकारले अन्त शुल्कमा कुनै परिवर्तन गरेको छैन ।

अर्थमन्त्री बिष्णु पोडेलले आगामी आर्थिक वर्षका सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत ५ प्रतिशतसम्म अलकोहल भएको जौंको बियरमा ८० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेका छन् ।

यस्तै इनर्जी ड्रिक्स, हल्का पेय पदार्थ र वास्नायुक्त दूधका पेय पदार्थतर्फ ४० प्रतिशत महसुल लगाइएको छ ।

त्यस्तै स्पार्कलिङ्ग वाइनतर्फ १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म अल्कोहल भएको हकमा ८० प्रतिशत भन्सार महसुल लगाइएको छ । यसैगरी छयाङ्ग (कन्ट्री वियर), स्याम्पेन, सेरी, मिड, पेरी, साइडर र फर्मेन्टेड मदिरामा पनि ८० प्रतिशत भन्सार महसुल लगाइएको छ ।

यसैगरी १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल भएको तयारी ब्राण्डीमा १०० प्रतिशत र २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी ब्राण्डीमा १०० प्रतिशत भन्सार महसुल लगाइएको छ ।

यस्तै ह्वीस्कीतर्फ १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल भएको तयारी ह्वीस्की, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी ह्वीस्की र ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएको तयारी ह्वीस्कीमा १०० प्रतिशत भन्सार महसुल शुल्क लगाइएको छ ।

त्यस्तै रमतर्फ १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल, २५ प्रतिशत युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल र ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएको तयारी रममा १०० प्रतिशत भन्सार महसुल लगाइएको छ ।

त्यसैगरी जीनतर्फ १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल, ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएको जीनमा सरकारले १०० प्रतिशत भन्सार महसुल शुल्क लगाएको छ ।

यस्तै भोड्कातर्फ १५ युपी शक्रिको ४८.५ प्रतिशत अल्कोहल, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल र ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएको तयारी भोड्कामा पनि १०० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।

लिकर्स र कर्डियलतर्फ ५ प्रतिशतसम्म अल्कोहल भएकोतर्फ १०० प्रतिशत, १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल र ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएको लिकर्स र कर्डियलमा १०० प्रतिशत भन्सार महसुल शुल्क लगाइएको छ ।

चालु आर्थिक वर्षमा सरकारले प्रतिलिटरको हिसावले भन्सार शुल्क र अन्तः शुल्क लगाउँदै आएको थियो ।