
काठमाडौं । सरकारले चिनीको भन्सार १५ प्रतिशत बिन्दुले घटाएको छ । ३० प्रतिशत रहेको भन्सार शुल्कलाई घटाएर १५ प्रतिशत सार्क मुलुक र तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार ३० प्रतिशत रहेकोमा अब १५ प्रतिशत मात्रै बनाएको हो ।
चिनीसँगै सखर र मिश्रीको भन्सार पनि घटाएके छ । सखर र मिस्रीको भन्ससार पनि ३० प्रतिशतबाट घटाएर १५ पतिशत नै बनाएको हो ।
स्वेदेशी चिनी उद्योगको संरक्षण गर्ने भन्दै सरकारले भन्सार बढाएको थियो । तर, उद्योगीले कालोबजारी गर्दै संरक्षण दिएकोमा मूल्य बढाउँदा उपभोक्ता पीडित भएका थिए ।
भन्सार बढाएसँगै स्वदेशी उद्योगले भन्सार बढाएर आयात भएको मूल्य बराबर नै चिनीको मूल्य पुर्याउँदा उपभोक्ता मारमा परेको थिए ।







प्रतिक्रिया