
काठमाडौं । नेपाल अटो मोबाइल एशोसियसन (नाडा)का पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालको लगानी रहेको पूर्वाञ्चल ल्यूब आयलले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ७८ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७७ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००१ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ।
कम्पनीले लुब्रिकेन्ट आयल र ग्रिज उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादित सामग्री पीएलओ, स्टार, मेगा र सुरक्षा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७८ करोड ३३ लाख रुपैयाँको लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ८३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
यो कम्पनी पीएलओ ग्रुपअन्तर्गतको हो । ग्रुपको अस्पताल, शिक्षा र उद्योग क्षेत्रमा लगानी छ । कम्पनीमा कृषणप्रसाद दुलालसहित अन्य ७ जनाको स्वामित्व छ । अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् ।
कम्पनीले सन् २०२४ मा ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सन् २०२३ मा ८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।







प्रतिक्रिया