
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । वैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै संसदमा उच्चस्तरीय छानबिन आयोग गठनको माग भएको छ ।
प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपाले उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।
विवादित व्यक्तिलाई अध्यागनमा गरेको सरुवा र गृहमन्त्रीकै रमेश लेखकको निर्देशनमा भिजिट भिसाका नाममा मानवतस्करी भएको आरोप लागेको छ ।
विपक्षीहरुले बिरोध जारी राखेपछि सभामुखले आधा घण्टाका लागि संसद स्थगित गरेका थिए । त्यसपछि पनि सहमती जुट्न नसकेपछि भोलि बिहानसम्मका लागि वैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका थिए । उनीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन गर्ने वातावरण नबनाएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।
मंगलबार माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितले संसद वैठकमा उठेर अवरोध गरेका थिए ।








प्रतिक्रिया