जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ भित्र्याउँदै

105
Shares

काठमाडौं । विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपाली बजारमा प्रवेश गर्ने भएको छ।

स्वादिलो सिनामन रोलका लागि चिनिएको यो अन्तर्राष्ट्रिय ब्रान्डले ललितपुरको सानेपामा आफ्नो पहिलो स्टोर स्थापना गर्दै नेपालको खाद्य तथा रेस्टुरेन्ट क्षेत्रमा औपचारिक पाइला राख्न लागेको हो।

सन् १९८५ मा अमेरिकामा स्थापना भएको सिन्नाबोनले अहिले ५० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। नेपालमा यसको यात्रा ‘जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज’को सहकार्यमा सुरु भएको हो।

सानेपास्थित पहिलो स्टोरमा ग्राहकहरूले सिन्नाबोन क्लासिक रोल, मिनीबोन रोलजस्ता प्रमुख उत्पादनका साथ प्रिमियम कफी, चिल्लाटा जस्ता पेय पदार्थको स्वाद लिन सक्नेछन्।

नयाँ स्टोर एक आकर्षक, न्यानो र आमन्त्रणपूर्ण वातावरणमा तयार गरिएको छ, जहाँ ग्राहकहरूले बेकरीको ताजापन महसुस गर्न सक्नेछन्।