
काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गर्ने जनाइएको छ ।
ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडीं आईपीएस डिस्प्ले रहेको छ । यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा ८ जीबी वा १२ जीबी र्यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ । स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत् २ टेराबाइटसम्म विस्तार गर्न सकिन्छ ।
यो ट्याब्लेटमा ९ हजार एमएएचको ब्याट्री छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्छ । क्यामेराको कुरा गर्दा, यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ ।
ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ । यसमा डुअल–बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट पनि छन् ।
नेपालमा यो ट्याब्लेटको मूल्य ३ लाख १ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिन्छ ।
ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ । यो ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया