
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आवको सोही अवधिमा भने कम्पनीले कुल १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद नाफा बढेपनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ६३ करोड ५१ लख रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीले ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो । चैत मसान्तसम्मको कम्पनीको प्रतिसेयर आम्दानी ७.०९ पैसा र प्रतिसेयर नेटवर्थ १०२.४९ पैसा छ ।
एक वर्षको अवधिमा यस कम्पनीको प्रशासनिक घटेर ९ करोड ५६ लाख रुपैयाँबाट घटेर ८ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।








प्रतिक्रिया