युनिलिभरको नाफा घट्यो, ईपीएस २ हजार ७४ रुपैयाँ

98
Shares

काठमाडौं । युनिलिभर नेपालको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ४८ करोड २२ लाख रुपैयाँ नाफा गरेको हो जुन गत आवको सोही अवधिको भन्दा ३९ लाख रुपैयाँ कम हो ।

कम्पनीको कुल आम्दानी घट्दा नाफामा असर परेको हो । युनिलिभरले चैत मसान्तसम्म १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ । गत आवको ९ महिनामा कम्पनीले १ अर्ब ९९ करोड ५५ लाखको व्यापार गरेको थियो । खर्चमा पनिकेही गिरावट आउँदा नाफामा घटेको हो ।

९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको युनिलिभरको वितरणयोग्य नाफा ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ छ । तेस्रो त्रैमास समाप्तिमा कम्पनीको प्रतिसेयर आम्दानी २ हजार ७४ रुपैयाँ कायम भएको छ । यसैगरी नेटवर्थ प्रतिसेयर ४ हजार ५ सय ९३ रुपैयाँ रहेको छ ।