बालमन्दिरको जग्गा घोटाला प्रकरण: १७ जनाविरुद्ध मुद्दा दायर

420
Shares

काठमाडौं । बालमन्दिरको जग्गा भाडासम्बन्धी घोटालामा संलग्न रहेको अभियोगमा १७ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि बुधबार उक्त प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

१७ जनाविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २४९ अनुसार ठगीको कसुरमा मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा उनीहरूसँग ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ । यस दफाअन्तर्गत दोषी प्रमाणित भएमा अधिकतम ७ वर्षसम्म कैद सजाय हुनसक्छ ।