
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताएका छन् ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले मंगलवार सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको हो कि जस्तो आफूहरूलाई लागेको बताए ।
श्रेष्ठले सरकारले संविधान संशोधन गर्ने मुख्य एजेन्डा बोकेर अगाडी बढेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रले कहाँनिर पुग्ने हो भन्नेमा अलमलमा परेको उल्लेख गरे ।
‘म समाजवाद उन्मुख अर्थतन्त्रको बारेमा म कुरा राख्न चाहन्छु, अहिले दुईवटा ठुला दल मिलेर संविधान संशोधन गर्ने मुख्य एजेण्डा बोकेर अगाडी बढ्नुभएको छ । राष्ट्रपतिज्युले पनि अस्ति पहिलो प्राथमिकतामा संविधान संशोधन रहेको उल्लेख गर्नुभएको छ,’ उनले भने, ‘संविधानमा जुन समाजवाद उन्मुख अर्थतन्त्र भनेर भनिएको छ, त्यसले कन्फ्युजन व्यक्त गरेको हो कि ? कहाँनिर पुग्ने हो, गन्तव्य स्पष्ट नभएको हो कि ? भन्ने जस्तो हामीलाई लागेको छ ।’
१२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको स्मरण गराउँदै त्यहाँको सरकारी क्षेत्रबाट लगानी आए पनि त्यो हाइड्रोपावरमा मात्रै भएको उल्लेख गरे ।
‘१२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरले लगानी गरेको छैन, लगानी छ भने सरकारी क्षेत्रबाट त्यो पनि हाइड्रोपावरमा मात्रै आएको छ । अब सोच्ने बेला आयो कि ?’ उनले भने ।
उनले संविधान संशोधनको समयमा सरकारले निजी क्षेत्रलाई हेर्न, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राखे ।








प्रतिक्रिया