पोर्चुगलले १८ हजार आप्रवासीलाई निष्कासन गर्ने, नेपालीलाई के असर पर्छ ?

1.1k
Shares

एजेन्सी । पोर्चुगलमा कागजातपत्रको प्रतिक्षामा बसेकाहरूलाई स्वदेश फिर्ता जान आदेश दिइएको छ । यदि उनीहरूले आफ्नै इच्छाले छोड्न नचाहेमा राज्यले बलपूर्वक निष्कासन गर्ने तयारी गरेको अनलाइन पोर्टल पोर्चुगल रेसिडेन्टले जनाएको छ ।

यसको सुरुवात सोमबारदेखि हुने समाचारमा जनाइएको छ । पहिलो चरणमा ४ हजार ५७४ जनालाई २० दिनभित्र देश छोड्ने निर्देशन सूचना पठाइनेछ । यसलाई ‘स्वनिष्कासन’ को रूपमा लिइएको जनाइएको छ । करिब १८ हजार आप्रवासीलाई निकाल्ने पोर्चुगिज सरकारको तयारी छ ।

जर्नल डी नोटिसियासले यो खबर सार्वजनिक गरेको थियो । यो नीति वर्तमान एडी सरकारले दुई सप्ताहपछि हुन लागेको चुनाव अगाडि ल्याएको हो । यसलाई विपक्षी दलहरूले चेगा पार्टीको मतदाता आकर्षण गर्ने रणनीति भनेका छन् । चेगा पार्टीले पोर्चुगलको खुला बसाइसराइ नीतिको लगातार विरोध गर्दै आएको छ ।

एडी सरकारले गत वर्ष जुन ३ मा बसाइसराइलाई नियमित गर्ने घोषणा गरी एआईएमको अन्तर्गत ४ लाख भन्दा बढी बक्यौता केस समाधान गर्न ‘मिसन स्ट्रक्चर’ बनाएको थियो । तर, अहिले सम्म धेरैले कागजात पाएनन् । मे १ मा लिस्बनमा आयोजित प्रदर्शनमा ‘कोही पनि अवैध होइन’, ‘सबैलाई कागजात चाहियो’ जस्ता नारा लगाइएको थियो।

प्रेसिडेन्सी मन्त्री एन्टोनियो लेइताओ अमारोले एआईएमएको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको स्वीकार गरेका छन् । उनले सरकारले बलपूर्वक निष्कासन गर्न पीएसपीलाई जिम्मा दिने प्रस्ताव गरेको बताए । तर संसदले यसलाई पीएस समाजवादी र चेगा पार्टीको विरोधमा अस्वीकार गरेको थियो।

‘कानून उल्लंघन गरेर आएकाहरूलाई स्वेच्छाले छोड्न २० दिनको चेतावनी दिइनेछ । यो नमानेमा निष्कासन प्रक्रिया अघि बढाइनेछ,’ अमारोले भने ।

वामपन्थी दलहरूले सरकारले आप्रवासीहरूलाई ‘बलि को बोका’ बनाएर चेगाको मत लिन खोजेको आरोप लगाएका छन् । उनीहरूले यसलाई अर्थतन्त्रको पहिलो त्रैमासिक ०.५% सङ्कुचनलाई छोप्ने प्रयास पनि भन्छन् ।

आप्रवासी समर्थक संस्था सोलिडारिएड इमिग्रान्टेले सोशल मिडियामा आक्रोश व्यक्त गर्दै भनेको छ, ‘निष्कासन समाधान होइन, सरकारसँग विकल्प छन्, हामी सधैं संघर्ष गर्नेछौं!’

कार्यान्वयनको व्यवहारिकतामा संदेह व्यक्त गरेका छन्। अवैध आप्रवासीहरूलाई ट्र्याक गरी निष्कासन गर्ने सरकारी क्षमतामा प्रश्न उठेको छ । चुनावअघि यस्तो घोषणाले राजनीतिक उद्देश्यको इङ्गित गरेको आलोचकहरू बताउँछन्।

पोर्चुलमा कति छन् नेपाली ?

पोर्चुगल सरकारको २०२३ को आँकडा अनुसार, करिब १५ हजार नेपाली पोर्चुगलमा कानूनी रूपमा बसोबास गरिरहेका छन् । यो संख्या हालैको वर्षहरूमा नेपालीहरूको युरोप प्रतिको बढ्दो रुचि र पोर्चुगलको पहिलेको ‘खुला बसाइसराइ नीति’ को कारण तीव्र भएको हो ।

नेपालीहरू मुख्यतया लिस्बन, पोर्टो र सेतुबल जस्ता शहरहरूमा कृषि, होटल उद्योग र निर्माण क्षेत्रमा काम गर्दै पाइन्छन् ।

पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एन्ड एसाइल (एआईएएमए) ले २०२३ मा जारी गरेको प्रतिवेदन अनुसार ४ लाखभन्दा बढी बसाइसराइ आवेदन बक्यौता छन् । यसमा नेपालीहरू पनि समावेश हुन सक्छन् तर राष्ट्रियताको विवरण सार्वजनिक गरिएको छैन ।

हालैको २० दिनमा देश छोड्ने आदेशले अवैध वा कागजात नभएका नेपालीहरूलाई प्रभाव पार्न सक्ने सम्भावना छ ।

Skip This