
झापा । झापा जिल्लाको कनकाई नगरपालिका–४ तल्लो चाप्रामारीमा प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पौने ९ बजे सर्लाहीबाट सुरूङ्गातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार एक व्यक्तिले प्रहरी देख्नेबित्तिकै मोटरसाइकल र झोला फालेर भागेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रहरीले भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई रोक्न खोज्दा ती व्यक्ति मकैबारीतर्फ भागेका थिए । त्यसछि प्रहरीले हवाई फायर गरेको थियो । भाग्ने क्रममा छोडिएको झोलाबाट प्रहरीले २०४.०८० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।








प्रतिक्रिया