राति १२ बजेसम्म फुडमाण्डुमा खाना अर्डर गर्न सकिने

112
Shares

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । यस ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरुले राती १२ बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् ।

यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन् , ‘हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गइरहेका छौं । हामीले हाम्रा ग्राहकहरुको आवश्यकता बुझेर मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेका हौँ ।’

शुरुवाती चरणमा यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । आगामी दिनमा काठमाडौंको अन्य ठाउँहरुमा पनि यो सेवा उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

२०१० मा स्थापना भएको फुडमाण्डु नेपालकै पहिलो र सबैभन्दा लोकप्रिय खाना डेलिभरी कम्पनी हो। हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ। साथै, फुडमाण्डु वानमार्टमार्फत ग्राहकहरूलाई आवश्यक पर्ने दैनिक सामग्रीहरू पनि तुरुन्तै डेलिभरी गर्ने सेवा प्रदान गर्दै आइरहेको छ।