प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

518
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आइतबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

छलफल संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित रहेको स्रोतको भनाइ छ ।

छलफलमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेल तथा माओवादी उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।