सबै क्षेत्रमा सामाजिक सुरक्षा अनिवार्य गर्ने सरकारको घोषणा

1.2k
Shares


काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेले संघिय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमममा उक्त घोषण गरीएको हो ।

‘सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएको प्रमण्को आधारमा मात्रै कुनै कम्पनी वा संघसंस्थाको नवीकरण हुने व्यवस्था गर्ने सरकारले घोषणा गरेको हो । ‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइ नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।