राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम फेरिने

0
Shares

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यक्रम परिमार्जन गरिने बताए ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने छ,’ उनले भने ।