२८ दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच ९ बुँदे सहमति

4.1k
Shares

काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षकसँग सरकारले अन्ततः ९ बुँदे सहमति गरेको छ । बुधबार साँझ शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री, शिक्षक महासंघ तथा विपक्षी दलका प्रतिनिधिसहितको वार्तापछि सहमति सरकारले सहमति गरेको हो ।

बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि मात्रै सार्वजनिक गर्ने सहमति भएको छ। ९ बुँदामा सहमति भएको भएपनि के के माग सम्बोधन भयो भन्ने विषय भने खुलाइएको छैन् ।

शिक्षकसँग भएको सहमति मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने भएको छ। वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा गएका छन । मन्त्रिपरषद बैठक आजै बस्दै छ ।