
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ मा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् । असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ ।
प्रतिक्रिया