धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला जलाइयो

1.4k
Shares

जनकपुरधाम । धनुषामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाइएको छ ।

धनुषास्थित लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष लिङ्देनको पुत्ला जलाएको हो । नेपाली कांग्रेसका मधेश प्रदेश सांसद कुमरकान्त झाको नेतृत्वमा रहेको कांग्रेसका कार्यकर्ताहरुले जनकपुर ढल्केवर सडक खण्ड अवरुद्ध गरी लक्ष्मीनियाँमा उनको पुतला जलाएका हुन् ।

उनीहरुले लिङ्देनमाथी कारवाही गर्नसमेत माग गरेका छन् ।

लिङ्देनले शुक्रबार संसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसको सह -महामन्त्रीको छोराको संलग्नता रहेको अभिव्यक्ति दिएका थिए ।