नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले लिए शपथ

0
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पन्तले शीतल निवासमा बिहीबार शपथ लिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।