मध्य र पश्चिमी तराईमा अत्यधिक गर्मी, कोशी र गण्डकीमा बर्षाको सम्भावना

112
Shares

काठमाडौं । देशभर बढ्दै गरेको अधिकतम तापक्रमका कारण कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेकाले मध्य र पश्चिमी तराईमा अत्यधिक गर्मी हुने सम्भावना छ । गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगको केहि स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।