
काठमाडौं । मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति-२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक खरिद चौधौं संशोधन नियमावली-२०८२ लाख स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि औपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टबाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने र उल्लेखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायतका १९ निर्णय गरेको छ ।











प्रतिक्रिया