शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई औपचारिक जानकारी छैन: प्रवक्ता

175
Shares

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा उनले शिक्षामन्त्रीको राजीनामा सम्बन्धी जानकारी सरकारसँग नरहेको स्पष्ट पारे।

‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा सुनिएको छ, तर त्यो औपचारिक रूपमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छैन,’ प्रवक्ता गुरुङले भने, ‘उहाँ बिरामी भएपछि क्वाटरमा बस्न छाड्नुभएको होला, तर यसलाई राजीनामाका रूपमा बुझ्न मिल्दैन ।’