
नेपाल सुपर लिग (एनएसएल) मा ब्राजिलियन पूर्वस्टार फुटबलर रोबर्टो कार्लोस सहभागी नहुने भएका छन् ।
एक्कासि स्वास्थ्यमा आएको समस्या कारण फुटबलका महान् हस्ती रोबर्टो कार्लोसको १८ अप्रिलका लागि तय भएको काठमाडौं भ्रमण पूरा गर्न नसक्ने भएको एनसेलले जनाएको छ ।
‘हामी उहाँको आगमनप्रति देखाइएको उत्साह र अपेक्षालाई पूर्ण रूपमा बुझ्दछौं र यस परिवर्तनले तपाईंहरूलाई निम्त्याएको निराशिप्रति क्षमायाचना व्यक्त गर्दछौं । यो निर्णय उहाँको स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको हो, जुन हाम्रो पहिलो प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ ।
रोबर्टो कार्लोस नेपाल आउने र फाइनलअघि नै एनएसएलमा सहभागी हुने विश्वास आयोजकको छ ।
प्रतियोगितामा सहभागी हुने कार्लोसको प्रतिबद्धता यथावत् रहेको उनको टोलीसँग मिलेर नयाँ यात्रा मिति चाँडै सार्वजनिक गर्ने आयोजकको भनाइ छ ।
पहिले नै टिकट खरिद गरिसकेका दर्शकहरूका लागि यस्ता विकल्पहरू उपलब्ध गराएको आयोजकको भनाइ छ । ‘यदि तपाईं टिकट रद्द गर्न चाहनुहुन्छ भने पूर्ण रकम फिर्ता पाउनु हुनेछ । वा, तपाईंले उही टिकट राख्न सक्नुहुन्छ, जुन रोबर्टो कार्लोसको उपस्थितिसहितको पुनःनिर्धारित खेलमा मान्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया