
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित कोसेली छाला जुत्ता उद्योगसँग २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
विभागका अनुसार अनुगमनको क्रममा उक्त उद्योगले उत्पादन गरेका जुत्ता चप्पलमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको, रिलेवलिङ्ग गरेको, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएकाले नगद २ लाख रुपैयाँ जरिवाना गराइएको हो । विभागले उक्त उद्योगको उत्पादनमा रोक समेत लगाएको छ ।
विभागले काठमाडौं र मध्यबानेश्वसरस्थित एक एक गरी दुई जडिबुटी पसलको बिक्री बितरणमा रोक लगाएको छ ।
प्रतिक्रिया