चीनले अमेरिकामाथि लगायो १२५% ट्यारिफ, सी जिनपिङले भने : हामी दबाबको अगाडि झुक्दैनौं

742
Shares

काठमाडौं । अमेरिका र चीनबीचको ट्यारिफ युद्ध तीव्र रुपमा बढ्दै गएको छ ।

अमेरिकाले १४५% ट्यारिफ लगाएपछि, चीनले जवाफी कारबाही गर्दै १२५% ट्यारिफ लगाएको छ, जुन भोलिदेखि लागू हुनेछ। चीनले अब अमेरिका द्वारा थप ट्यारिफ लागे पनि कुनै जवाफ नदिने बताएको छ।

चीनले अमेरिकाले लगाएको असामान्य ट्यारिफले अन्तर्राष्ट्रिय व्यापार नियमको गम्भीर उल्लङ्घन गरेको बताएको छ। यो पूर्ण रूपमा एकतर्फी दबाब र धम्कीको नीति भएको चीनको भनाइ छ।

चीनले भनेको छ,’अमेरिका चाहे ट्यारिफ अझै बढाओस्, तर अब त्यसको कुनै अर्थ छैन। अन्ततः अमेरिका ग्लोबल अर्थतन्त्रको इतिहासमा हाँसोको पात्र बन्नेछ।’

सी जिनपिङको प्रतिक्रिया : ‘चीन कसैसँग डराउँदैन

अमेरिकासँग ट्यारिफ विवाद बढिरहेका बेला चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक प्रतिक्रिया दिएका छन्। उनले भने,’चीनले कसैसँग डराउँदैन। चीनको ७० वर्षको विकास कडा मेहनत र आत्मनिर्भरताको परिणाम हो। चीन कहिल्यै अरूको अनुदानमा भर परेन, न त कसैको जबरजस्तीबाट डरायो। संसार जति परिवर्तन भए पनि, चीन विचलित हुनेछैन। व्यापार युद्धमा कोही विजेता हुँदैन। संसारविरुद्ध जानु भनेको आफैँविरुद्ध जानु हो।’

यी कुराहरू उनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँगको भेटका क्रममा बताएका हुन्, जो ट्रम्पको ट्यारिफ घोषणा पछि चीन भ्रमणमा जाने पहिलो युरोपेली नेता हुन्।

सान्चेजले ट्रम्पको आलोचना गर्दै भनेका थिए,’ ट्यारिफका कारण युरोपले नयाँ बजार खोज्नुपर्ने बाध्यता आएको छ। युरोप र चीनबीचको सम्बन्ध अझ बलियो बनाउनुपर्ने बेला आएको हो।’

अमेरिकाले भने : चीनमाथि १२५% होइन, १४५% ट्यारिफ लगाइएको हो

व्हाइट हाउसले स्पष्ट पारेको छ कि चीनमाथि कुल १४५% ट्यारिफ लगाइएको हो, जसमा २०% फेन्टेनाइल ट्यारिफ पनि समावेश छ, जुन मार्च २०२५ देखि लागू हुनेछ।

ट्रम्पले मार्च ४ मा चीनमाथि फेन्टेनाइल ड्रग तस्करीमा संलग्न भएको आरोपमा २०% ट्यारिफ घोषणा गरेका थिए। साथै, १५ ‘मिसलेनियस एडजस्टमेन्ट’ पनि थपिएको छ।

दक्षिण चीन मर्निङ पोस्ट अनुसार, यसपछि कुल प्रभावकारी ट्यारिफ दर १५६% पुगेको छ। यसको मतलब, चीनबाट आउने १०० डलरको सामान अब अमेरिका पुग्दा २५६ डलर पर्नेछ।

चीन अमेरिका ट्यारिफ वार टाइमलाइन

चीनमाथि २ अप्रिलभन्दा अघिदेखि नै २० प्रतिशत ट्यारिफ लगाइएको थियो ।

२ अप्रिल : ट्रम्पले चीनमाथि ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगायो । यसले गर्दा यो ५४ प्रतिशत पुगेको थियो ।

४ अप्रिल : चीनले अमेरिकामाथि ३४ प्रतिशत जवाफी ट्यारिफ लगायो ।
८ अप्रिल : ट्रम्पले २४ घण्टामा चीनको ट्यारिफ फिर्ता लिन भने । नभए ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने चेतावनी दिए ।
९ अप्रिल : ट्रम्पले चीनमाथि ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगायो । अब चीनमाथि १०४ प्रतिशत ट्यारिफ दर पुग्यो ।

९ अप्रिल : ट्रम्पले चीनमाथि १२५ प्रतिशत ट्यारिफ लगाउने बिषय अघि सारे । त्यो वेला यसमा २० प्रतिशत फेन्टेनाइल ट्यारिफ छुट्टै लगाइएको थिएन ।

९ अप्रिल : चीनले अमेरिकामाथि फेरी ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगायो । अब अमेरिकी सामान आयात गर्दा ८४ प्रतिशत ट्यारिफ लाग्ने भयो ।

१० अप्रिल : ट्रम्पले चीनमाथि कूल १४५ प्रतिशत ट्यारिफ लगाइएको प्रस्ट गरे । २० प्रतिशत फेन्टेनाइल ट्यारिफ र १ प्रतिशत मिसलेनियस एडजस्टमेन्ट ट्यारिफसमेत यसमा जोडिएको छ ।

११ अप्रिल : चीनले अमेरिकामाथि कूल १२५ प्रतिशत ट्यारिफ लगायो ।

फेन्टेनाइल ड्रग : अमेरिका भित्रबाट खोक्रो बनाउने खतरा

फेन्टेनाइल हेरोइनभन्दा ५० गुणा र मोर्फिनभन्दा १०० गुणा शक्तिशाली नशालु पदार्थ हो। ट्रम्पको दाबी छ कि यो चीनमा उत्पादन भएर मेक्सिको हुँदै अमेरिका भित्रिन्छ।

एक तथ्याँकअनुसार २०२४ मा ७०,००० भन्दा बढी अमेरिकीको मृत्यु फेन्टेनाइल ओभरडोजबाट भएको थियो। ट्रम्पले यसलाई चीनको ‘षड्यन्त्र’ समेत भनेका छन्।

हाल ९७५ फेन्टेनाइल मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्छ, जुन त्यहाँको ड्रग कार्टेलद्वारा बनाइन्छ।

अमेरिकी शेयर बजारमा गिरावट

अमेरिकाको सरकारी बाँण्ड बजारमा फेरी गिरावट आउने सुरु भएको छ । अमेरिकाको नैस्ड्याक कम्पोजिट इण्डेक्समा करिब ७ प्रतिशतले गिरावट आएको छ । यसका साथै एप्पल, एनवीडिया र अन्य कम्पनीको शेयरमा पनि गिरावट आएको ट । कच्चा तेलमा करिब ४ प्रतिशतले गिरावट आएको छ । अब कच्चा तेलको मूल्य ६३ डलर प्रति व्यारेलभन्दा तल झरेको छ ।

ट्रम्पको बयान : जसले डिल गर्छ, त्यसका लागि ट्यारिफ १०% मात्रै हुनेछ

९ अप्रिलमा ट्रम्पले भने,’ ७५ भन्दा बढी देशहरूले अमेरिका संग डिल गर्न चाहेको बताएका छन्। त्यसैले मैले ९० दिनको ट्यारिफ रोक स्वीकृत गरेको छु।’

२ अप्रिलमा उनले ‘रेसिप्रोकल ट्यारिफ’ नीति अन्तर्गत भारतमाथि २६% ट्यारिफ लगाएका थिए। तर चीनलाई छोडेर सबै देशका लागि अब १०% आधारभूत ट्यारिफ लागू हुनेछ।

बाकी देशहरूबाट ट्यारिफ हटाउने कारणहरू :

-ट्यारिफको कारण १० ट्रिलियन डलर बराबरको बजार गिरावट आएको थियो।

-ट्रम्पका सल्लाहकार र एलन मस्कले समेत ट्यारिफ युद्ध रोक्न सुझाएका थिए।

-अमेरिकी बन्डको विक्री र तेलको मूल्यमा गिरावट, जसले ‘कोरोना काल’ सम्झाइदियो।

-महँगी, बेरोजगारी र मन्दीको चेतावनी वॉल स्ट्रीट बैंकहरूले दिएका थिए।

-अमेरिका चीनबाट ४४० अर्ब डलरको आयात गर्छ। ट्यारिफका कारण वैकल्पिक स्रोत खोज्न गाह्रो भयो।

चीनको तयारी : इनोवेशन र नयाँ उद्योगमा लगानी

चीनसँग ७६० अर्ब डलरको अमेरिकी सरकारी बन्ड छ। चीनले १.९ ट्रिलियन डलरको ऋण उद्योग क्षेत्रलाई दिएको छ।

हुवावेले शाङ्घाईमा ३५,००० इन्जिनियरको लागि रिसर्च सेन्टर खोलेको छ।

चीनले भन्यो : झुक्नुभन्दा लड्न तयार छ

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘चीन जबर्जस्तीबाट डराउँदैन, उकासिँदैन, पछि हट्दैन।’

उनले माओ जेदोंगको १९५३ को भिडियो पनि शेयर गरे, जसमा माओले भनेका थिए, ‘हामी चिनियाँहरू डराउँदैनौं। हामी झुक्दैनौं।’