नेपाल–भारत उद्योग वाणिज्य संघ सम्मानित

42
Shares

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ नेपालमा स्थापित एवं क्रियाशील द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु मध्येबाट पाँचौं पटक उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिबस २०८१को अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त सम्मान प्रदान भएको हो ।

नेपाल र भारतका उद्योगी ब्यबसायीहरुबीच सुमधुर औद्योगिक ब्यबसायिक सम्बन्ध स्थापित गरि नेपालको उद्योग, ब्यापार तथा लगानी प्रबद्र्धन गर्ने उद्देश्यका साथ बिक्रम संम्बत २०४९ सालमा स्थापना भई २०५१ साल भाद २१ गते बिधिवत दर्ता भएको नेपाल–भारत उद्योग वाणिज्य संघ एक अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा निरन्त क्रियाशील संस्थाको रुपमा रहेको छ ।

आजको दिनसम्म यस संस्थालाई साथ र सहयोग दिनुहुने सदस्य प्रतिष्ठान, सदस्य लगायत सहयोगी सम्पूर्ण संस्थाहरु प्रति यस संघको सचिवालय हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्दै भबिश्यमा पनि साथ, सहयोग र अमूल्य योगदान प्राप्त हुनेछ भन्ने बिश्वास ब्यक्त गर्दछ ।